The Mirror
रेसुङ्गा विमानस्थलको निर्माण कार्य करिब करिब सकिएको छ। विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै थोरै मात्र बाँकी छ।
अहिले भर्खरै मात्र विमास्थलको वरिपरि पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ।
२०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियाले बताए।
२०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो तर पटक-पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको छैन।
यो एयरपोर्टमा धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ। कुल १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको रेसुङ्गा विमानस्थल गुल्मीका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।
२०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको थियो।

कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाइ भएको हो। रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधीग्रहण गरिएको थियो।
[ref-onlinekhabar]
अन्तमा यो पनि…