let's abolish the state assembly and federalism

‘यदि देश बचाउने हो भने प्रदेशसभा र संघीयता खारेज गरौँ’:- सांसद माझी

Breaking News National News News

The Mirror Desk

बागमती प्रदेशसभाको नवौँ अधिवेशनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन।

अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने माग गरेकी हुन।

प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरू पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको बिदामा समीक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने तर्क गरिन।

संघियता खारेजी गर्दा नेपाली जनता खुसी हुने भन्दै यो महँगी र भ्रष्टाचारलाई न्यूनीकरणको लागि यो व्यवस्था खारेज गर्नुपर्नेमा उनको जोड थियो।

उनले प्रदेश सरकार भ्रस्ट र पदलोलुपहरुको केन्द्र बिन्दु बनेको र तिनीहरुले लुटको स्वर्ग मच्चाई रहेको गम्भीर आरोप पनि लगाइन।

जनताले तिरेको करबाट प्रदेशसभाका माननीयलाई तलब खुवाउने काम मात्र भएको भन्दै उनले यस्तो व्यवस्था खारेज हुनुपर्ने बताइन।

लाेभलालच देखाई गाउँ गाउँमा धर्म परिवर्तनको आतङ्क रहेको भन्दै उनले यसतर्फ पनि निकै सचेत हुनुपर्ने बताइन।

[ref-ratopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *