The Mirror Desk,
यमनको दक्षिणी भागमा रहेको एडन शहरस्थित एयरपोर्टमा भएको भयानक आक्रमणमा परी कम्तिमा २२ को मृत्यु भएको अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। समाचारमा जनाइए अनुशार करिब पचास जनाभन्दा बढी घाइते भएका छन्।
तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सवै ‘सकुशल’ रहेको बताए। उक्त आक्रमणमा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ। युद्धका कारण विभाजित यहाँ हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै कम्तीमा एउटा ठुलो विस्फोट भएको थियो। यमनका सूचनामन्त्रीले हूथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी आक्रमण’ गरेको आरोप लगाए। सन् २०१५ देखि यमन नराम्रो संग द्वन्द्वमा फसेको छ।
त्यहाँ द्वन्द्वका कारण करिब १,१०,००० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने लाखौँ मानिसहरु भोकमरीको सिकार भएका छन्। कोरोना भाइरस {कोभिड-१९} को महामारीले यहाँको अवस्था झन् झन् कमजोर भएको छ। साउदी अरबले नेतृत्व गरेको राष्ट्रहरूको समूहले हूथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यो देश द्वन्दमा फसेको हो।
साउदी अरबको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्गमा क्षेप्यास्त्र आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ।सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो।
[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–