Election Commission of Nepal

‘यसपाली मतपत्र निकै बलियो छ, चपाउने प्रयास नगर्नुहोला’

National News News

The Mirror

स्थानीय तह निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ। ७ सय ५३ स्थानीय तहले जेठ ६ देखि नयाँ जनप्रतिनिधि पाउनेछन्। उम्मेदवारी मनोनयन दर्ता भएसँगै मुलुक निर्वाचनमय भएको छ।

निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले भरपर्दो व्यवस्था गरेको जनाए पनि आचारसंहिता उल्लंघनको घटना बढ्न सक्ने आशंका सबैतिर गरिएको छ।

निर्वाचन तयारी र सुरक्षाको व्यवस्था लगायतको विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन…

सामाजिक संजाल बारे उनले भने, ‘सबैभन्दा बढी चुनौती सामाजिक सञ्जालको नियमनमा हुने देखिएको छ , आयोग सञ्जाल उपयोगको पक्षमा छ, दुरुपयोगको पक्षमा छैन , दुरुपयोग हुँदाचाहिँ टुलुटुलु हेरेर बस्दैन, सामाजिक सञ्जालमा कसले के गरिरहेको छ, हामीले निगरानी गरिरहेका छौं, सञ्जालमा रहेको कन्टेन्ट हेर्ने हो भने सामाजिक चेतना भएका मान्छेले यस्तो सामग्री कसरी लेखेको होला ? भन्ने प्रश्न उठ्छ’ ।

मतदान स्थलको सुरक्षाको व्यवस्था बारे उनले स्पस्ट पर्दै भने, ‘केन्द्रीय तहमा गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति र आयोगका एक जना आयुक्तको नेतृत्वमा रहेको निर्वाचन व्यवस्थापन केन्द्रीय सुरक्षा समिति छन् , हामीले पहिलेको भन्दा केही फरक गरेका छौं , ७५३ वटै स्थानीय तहमा पनि सुरक्षा समिति बनाएका छौं , जिल्ला सुरक्षा समिति पनि क्रियाशील छ , यसबाट अध्ययन गरेर हामीले कुन मतदान केन्द्रमा कस्तो सुरक्षा व्यवस्था चाहिन्छ, कति सुरक्षाकर्मी खटाउनुपर्छ भन्ने आन्तरिक तयारी गरिसकेका छौं र तदनुकूल सुरक्षाकर्मीहरूको व्यवस्थापन गर्ने निधो गरेका छौं । तीनै तहको सुरक्षा घेरा रहने व्यवस्था छ , आपत्कालीन सुरक्षाका निम्ति अन्य संरचना पनि क्रियाशील हुन्छन् ’।

उनले विगतमा मतपत्र नै च्यात्ने र चपाउने घटना बारे स्पस्ट परे, ‘यो वर्षको मतपत्र अलिक बलियो कागजमा छापिएको छ , त्यसैले चपाउन कठिन हुन्छ, प्रयत्न नगर्नुहोस् , अहिले सबै मतदान स्थलहरूमा स्थानीय तहसँग समन्वय गरेर हामीले सीसी क्यामराको प्रयोग गर्छौं र आयोगबाटै त्यहाँ हेर्न सक्छौं , हामीले त्यहाँ बस्ने प्रतिनिधिहरूलाई पनि प्रतिबद्धतापत्रमा दस्तखत गराउँछौं , मतगणना स्थलको छुट्टै आचारसंहिता बनाइएको छ ’।

उनले अगाडी थपे, ‘गलत गरेर निर्वाचन जित्न सकिन्छ भन्ने सोच नै गलत हो , यस्तो सोच कसैले नराख्नुहोस् , मतदान भएर गणनाका लागि आएको मतपत्रमा समेत गडबड गरेर जित्छु भन्ने सोच भएको व्यक्तिले के शासन चलाउला ? त्यस्तो सोच राख्ने दल र त्यस्ता उम्मेदवारहरू यो निर्वाचनमा भाग लिन आएका छैनन् भन्ने मेरो विश्वास छ’ ।

‘खर्चको अडिटको व्यवस्था रहनेछ । केही ठाउँको अडिटको व्यवस्था गरेर हेर्छौं, भोलि अडिट गर्दा बेठीक देखिनु भएन, यो खर्चको विवरण कुनै हिसाबले दलहरूको खर्चसँग पनि जोडिएर आउला, तोकिएको सीमाभित्र खर्च गर्नुहोस् । खर्च गरेको कुरालाई नढाँट्नुहोस्, गलत विवरण पेस गर्नेलाई कारबाही हुन्छ, उनले स्पस्ट शब्दमा भने।[यो समाचार कान्तिपुरमा छापिएको छ]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *