युट्युबको नयाँ फिचर, डिसलाइकको संख्या नदेखिने

Science & Technology

The Mirror Desk,

आफूले हालेको भिडियोमा लाइक्सभन्दा डिसलाइक्सको संख्या बढी हुनु कुनै पनि कन्टेन्ट क्रिएटरका लागि निकै चिन्ताको विषय बन्दछ। त्यसकारण भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबमा रहेका भिडियो सामग्रीहरुको बिषयमा प्रयोग हुने डिसलाइकको संख्यालाइ युट्युबले नदेखिने बनाउन लागेको समाचार बाहिर आएको छ।

युट्युबको डिसलाइक बटनले कहिलेकाही भिडियोमा रहेको वास्तविक सामग्रीलाई समेत मजाक बनाइदिन्छ। कहिलेकाहीँ त भिडियोमा भएको सामग्रीसँग डिसलाइक बटनको कुनै खाँचो नै नपर्दासमेत यो उल्लेख्य मात्रामा थिचिएको हुन्छ। जसले गर्दा लाइक बटन राख्नुको अर्थ नै हुदैन।

डिसलाइक बटनको दुरुपयोग हुने तथा युट्युबका सर्जक अर्थात् कन्टेन्ट क्रिएटरहरु निरुत्साहित हुने अवस्थालाई मध्यनजर गर्दै युट्युबले नयाँ उपाय अबलम्बन गरेको छ। युट्युबका अनुसार युट्युबमा एक नयाँ फिचरको परीक्षण भैरहेको छ जसअनुसार युट्युब भिडियोमा प्राप्त हुने डिसलाइकको संख्या देखिने छैन।

युट्युबले टि्वटरमा भनेको छ, ‘सर्जकहरुको पृष्ठपोषण तथा लक्षित डिसलाइक अभियानहरुलाई मध्यनजर गर्दै हामीहरुले केही नयाँ डिजाइनको परीक्षण गरिरहेका छौँ जसले सार्वजनिकरुपमा डिसलाइकको संख्या देखाउने छैन’।

नयाँ फिचरअनुसार युट्युब भिडियोमा डिसलाइक बटन त देखिनेछ तर डिसलाइकको संख्याचाहिँ सम्बन्धित युट्युब च्यानलको सर्जकले मात्र युट्युब स्टुडियोभित्र हेर्न पाउनेछन्।

यद्यपि कतिपयले चाहिँ डिसलाइकको संख्या लुकाएर युट्युबले वास्तविक पृष्ठपोषणलाई दबाउन खोजेको आरोप लगाएका छन्।

[ref-techcrunch]

“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *