Gyanendra Shahi

‘युबा नेता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने’

National News News

The Mirror

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा युबा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन।

त्यसबारे औपचारिक जानकारी दिन उनले काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन।

शाहीले भने, ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु, पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने छन’।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए। अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ।

शाहीले किन जुम्ला नै रोजे त?

आफूलाई समर्थकहरूबाट काठमाडौं-२ र वा चितवन-३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको उनले बताए। उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन।

शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ। गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन।

यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्, ‘जुम्ला मेरो जनमभूमि हो। त्यसको ऋण तिर्नु छ। जुम्लाका सुख-दु: खसँग जीवन साट्नुछ। जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ। ‘

भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए।

२०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए। हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन।

[ref-onlinekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *