Beating and horrible torture on a young man for sending a love letter to a young woman

युवतीलाई प्रेमपत्र पठाएको भन्दै एक दलित युवकमाथि निर्घात कुटपिट र भयानक यातना

National News News

The Mirror Desk

एकदुई दिन अगाडी सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका देखिएको छ। एक मानिसले ति युबकलाई लौरोले बेसरी पिटिरहेको र अरु धेरै मानिसले हेरिरहेका देखिन्छन।

कुटाइ खाइरहेका ति युवक हुन् रौतहट दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान। उनि अहिले कक्षा ११ मा पढ्छन। उनलाई बाँधेर कुटपिट गर्ने मानिस हुन् वडा नम्बर ४ का किन्सीदेव गिरी। किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरी लगायतको समूहले ति युवकलाई बाँधेर पिटेको गाउलेले बताएका छन्।

यो घटनाबारे प्रहरीले अहिलेसम्म केहि नबताएपनि दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए।

युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयले दावी गरेको भएपनि यसबारेमा प्रहरीले केहि बताएको छैन।

चौधरीले भने, ‘ति युवकले केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन, ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन’।

चौधरीले थपे, ‘प्रहरीले घटनाबारे जानकारी पाएपछि घटनामा संलग्न दुबै पक्षलाई बोलाएको छ, म पनि जानुपर्ने थियो, वडाको अनि आफ्नै काम धेरै भएकोले त्यहाँ जान पाएको छैन’।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ परेको बताए।

[ref-onlinekhabar]

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *