The Mirror
गाँजा खेतीलाई वैधानिकता दिने बिषयमा अहिले निकै ठुलो त खुला बहस भएको छ। अहिले त यौ संसद सम्म पुगेको छ र गहन बिषय बन्दै छ। यसले देशको आर्थिक ब्यबस्था सुधार्न र युबाहरुलाई रोजगार दिने तर्क गरिदै बैधानिक गरिनुपर्ने बताईन्छ।
यसै क्रममा नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गरेका छन।
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउनु पर्नेमा निकै जोड दिए।
यसका लागि संसदमा दर्ता भएको विधेयकलाई कानुनी स्वरूप दिएर लागि गर्नु पर्ने उनको भनाइ छ।
तामाङले भने, ‘संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लैजानुपर्छ, यसलाई पारित गरेर वैधानिक बनाऔँ, कानुन बनेमा हरियो पासपोर्ट च्यापेर विदेशको श्रम बजार जाने युवाहरूलाई हरियो गाँजाको बोट समातेर गाउँमा पठाउनेछौँ र कृषिमा नयाँ क्रान्ति हुनेछ’।
उनले थपे, ‘यसले अर्थतन्त्रमा निकै ठुलो टेवा पुग्ने देखिन्छ, त्यस कारणले यो विधेयक संसदमा छिटो भन्दा छिटो छलफलमा लिएर पारित गराउने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु’।
[ref-ujyaaloo]
अन्तमा यो पनि…
this is good idea to improve the financial situation of our country and to reduce the unemployment rate among the youth. please go ahead. good luck