beer

‘युवाहरूलाई धेरै रक्सी पिउन सरकारको अनुरोध’

National News News

The Mirror

धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन।

तर पनि जापानमा यसको उल्टो भएको छ। जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अनुरोध गरेको छ।

मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको छ।

जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ।

उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ।

जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण मदिराजन्य पेय पदार्थको खपत निकै घटिरहेको छ।

सरकारको पछिल्लो अभियानले युवाहरूलाई मदिराजन्य पेय पदार्थलाई युवा पुस्तामाझ प्रवर्द्धन गर्नका लागि व्यवसायिक योजनासाथ अगाडि आउन उत्प्रेरित गर्ने विश्वास छ।

आम मानिसमा मदिराको सेवन बढाउन सहयोग गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स तथा मेटाभर्सलगायतका अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिने कर एजेन्सीको भनाइ छ।

तथापि युवाहरूमा मदिराको सेवन बढाउने सरकारी अभियानप्रति आम जापानीहरूको प्रतिक्रिया उतिसारो उत्साहप्रद भने छैन। यस अभियानको कहिले कडा आलोचना पनि गरेका छन।

जापानमा युवापुस्ताले उनीहरूको अभिभावक पुस्ताले भन्दा कम मद्यमान गर्ने गरेका छन्ज, जसका कारण मदिराबाट उठ्ने करमा निकै कमी आएको छ।

रिपोर्ट अनुसार जापानीहरूले खपत गर्ने मदिरा सन् १९९५ को तुलनामा सन् २०२० मा घटेको छ।

हरेक जापानी वयस्क व्यक्तिले सन् १९९५ मा औसतमा वार्षिक १०० लिटर मदिरा पिउने गरेकोमा सन् २०२० मा ७५ लिटरमा झरेको हो।

मदिराको खपत घटेसँगै मदिराबाट उठ्ने करको रकममा पनि कमी आएको छ। सन् १९८० मा जापान सरकारले संकलन गर्ने कुल वार्षिक करमा मदिराको करको हिस्सा ५ प्रतिशत रहेकोमा हाल त्यो घटेर १.७ प्रतिशतमा झरेको छ।

[ref-onlinekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *