योगेश भट्टराईको गाडीले साइकल यात्रीलाई ठक्कर, अबस्था जटिल, काठमाडौँ ल्याइदै

National News News

The MIrror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ। रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद गम्भिर घिमिरे घाइते छन्।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो। घाइतेलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको थियो तर हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको छ।

उनलाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै छ। उनको सम्पूर्ण उपचार खर्च भट्टराईले नै बेहोर्ने एसपी शाहले बताए। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। नेता भट्टराई भने अर्को गाडीमा चढेर हेटौंडा गइसकेका छन्। एसपी शाहका अनुसार उनको ढाड र छातीमा चोट देखिएको छ।

[ref-Okhabar]

अन्तमा यो पनि…
अहिले ‘सिधाकुरा-जनतासंग’ रविको नयाँ तव नआउने…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *