The Mirror Desk
एमालेमा भद्रगोल मच्चिएको छ। अराजकताले सिमा नाघेपछि एमाले पार्टी नभई एउटा अराजक र अनुसाशन बिहिनहरुको जत्थामा परिणत भएको छ।
नेताहरु आफ्नो स्वार्थ र व्यक्तिगत फाइदा हेरेर गुट परिबर्तन गरिरहेका छन्।
यसै क्रममा गत ७ गते कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता भट्टराईले असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
त्यस्तै नेता विष्टले पनि विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन बटुलिएको भनिएको हस्ताक्षर आफूले नदिएकाे भन्दै स्पष्टीकरणसमेत दिएका थिए।
नेपाल-खनाल’ समूहका २६ जनाले गरेको हस्ताक्षरमा भट्टराई र बिस्टको हस्ताक्षर नभएपछि यो समूहलाई छोडेको अनुमान थियाे। यो समाचारलाई कतिले भट्टराई र बिस्ट फेरि केपी ओली समुहमा फर्केको रुपमा पनि अर्थ लगाएका थिए।
फेरि दुइ दिन पछि नेता भट्टराई र विष्टले माधव नेपाल समूहसँग मिलेर संयुक्त वक्तव्य निकालेका छन्।
फेरि आज (बुधबार) भट्टराई र विष्ट दुबैले नेपाल समूहका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यसँग मिलेर यस्ताे वक्तव्य निकालेका छन्:

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन…?
यो भिडियो हेर्नुहोस…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team