रक्तपातपूर्ण म्यान्मारमा, एकै दिनमा सेनाले ११४ जना प्रदर्शनकारी मार्यो

International News News

The Mirror Desk,

म्यानमारको सैनिकले आफ्नो वार्षिक सशस्त्र दिवस आफ्नै नागरिकमाथि बर्बर गोली चलाएर र कुर्र तरिकाले नागरिकको हत्या गरेर मनाएको छ । दुई महिनाअघि भएको सैनिक कुपछिको सबैभन्दा भयानक दिन शनिबार बच्चाहरु सहित करिब ११४ नागरिक मारिएका छन् । दर्जनौँ सहरमा सैनिक र प्रहरीले अन्धाधुन्ध गोली चलाएका छन् ।

प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय भन्दा बढी पुगेको छ ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । यसअघिका प्रदर्शनमा ३ सय २८ को ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पत्रकार तथा अधिकारकर्मीसहित सयौं मानिस प्रहरी नियन्त्रणमा छन् ।

शनिबार सेना प्रमुख मिन आङ लाइङले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले लोकतन्त्र रक्षा गरिरहेको र चाँडै निर्वाचन हुने दाबी गरेका छन् । उनले भने, ‘हामी लोकतन्त्रकै रक्षाका निमित्त काम गरिरहेका छौँ, म्यानमारमा निर्वाचन हुनेछ’।

उनले प्रदर्शनकारीलाई चेतावनी दिएका छन। पछिल्ला दिनमा सैनिक कारबाहीमा निधन हुनेको संख्या हेरेर प्रदर्शनकारीले केही सिक्नुपर्ने उनको भनाइ छ । उनले धम्कीपूर्ण भाषामा भने, ‘गोली तपाईंको टाउको वा पछाडि ढाडमा पनि लाग्न सक्छ’।

सेना प्रमुख मिन आङ लाइङ

सैनिकले सुचीमाथि विभिन्न ५ वटा मुद्दा लगाइसकेको छ तर ती आरोपबारे कुनै प्रमाण सार्वजनिक गरिएको छैन । एनएलडी नेत्री सुचीले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएकी छन् ।

[ref-bbc]

अन्तमा यो घुस सम्बन्धित भिडियो पनि हेर्नुहोस है

गाउँपालिका कर्मचारीद्वारा सेवाग्राहीसंग खुलमखुला घुसको डिल…

३/४ प्रतिशत दिनुपर्ने माग…सुन्नुहोस यो डिल…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *