The Mirror Desk,
काठमाडौँ, राष्ट्रियसभाकी सदस्य एवं गायिका कोमल वलीले ‘प्रचण्ड-नेपाल’ समूहका नेता रघुजी पन्तको विरुद्ध अदालतमा मुद्दा दायर गर्ने बताएकी छन्। ओलीले आफूविरुद्ध पन्तले अपमानजनक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अदालत जाने तयारी गरेकी हुन्।
पन्तले उनको अस्मितमामाथि प्रश्न उठाएको अपमानजनक अभिव्यक्ति दिएका थिए। त्यसबारे आफूले कानून व्यवसायीसँग परामर्श गरिरहेको वलीले बताइन्। आफू अहिले गृहजिल्ला दाङमा रहेको र काठमाण्डु फर्किएलगत्तै अदालत जाने उनको भनाइ छ।
नेता पन्तले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पन्तले वनी बिना लगानी र योगदान राष्ट्रियसभा सदस्य भएको टिप्पणी गरेका थिए। पन्तले भनेका थिए, ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन्, कलाप फुलेका बुढी कामरेडहरु न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन्’।
केपी ओली समूहकी नेतृ समेत रहेकी ओलीले निच सोच लिएर पन्तले नेपाली समाजमा राजनीति गर्न नसक्ने समेत दाबी गरेकी छन्। उनले एक खुलापत्रमार्फत दरिद्र मानसिकता भएको व्यक्तिलाई अब नेपाली समाजमा कुनै ठाउँ नरहेको बताएकी छन्। ‘पन्तजी, अब हाम्रो भेट प्रहरी कार्यालय र अदालतमा हुनेछ,’ उनले पत्रमा लेखेकी छन्,‘यस्तो निच सोच लिएर नेपाली समाजमा राजनीति गरिरहन्छु भन्ने सोच अब तपाईं त्याग्नुहोस्, तपाईंजस्तो दरिद्र मानसिकता भएकालाई अब नेपाली समाजमा कुनै स्पेस छैन।’
[ref-natnl media]
अन्तमा यो पनि…
अहिले ‘सिधाकुरा-जनतासंग’ रविको नयाँ तव नआउने…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020