vten

‘रत्नपार्क’ मा काम गर्दै चर्चित र्यापर भिटेन

Entertainment

The Mirror Desk

नेपाली युवापुस्तामाझ चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका छन्। चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ। चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे।

निर्माता नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन्। तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ।

रौतहटमा जन्मिएका र्यापर भिटेन बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन्।

नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र निर्माण गर्दै छ। जसमा एउटा ‘रत्नपार्क’ पनि हो।

उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ। नेपाली चलचित्रमा गायकहरुकोे आगमन भैरहेके समयमा भिटेनले पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन्।

[ref-onlinekhabar]

भिटेन को बारेको यो भिडियो पनि हेर्नुहोस।

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *