Rabi Lamichhane

‘रबिको पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने’

National News News

The Mirror

रबि लामिछानेको नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ।

पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत भर्खरै मात्र सार्बजनिक गरे।

पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको बताए।

आगामी मंसिरमा हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने पनि उनले बताए।

प्रदेश तहको संरचनाले राज्यकोषको दोहन मात्रै गरेको र प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको भन्ने जनताको मत रहेको पनि उनको दाबी छ।

आफूहरुले प्रदेशसभा चुनावमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराईसकेको पनि उनले स्पस्ट पारे।

[ref-imagekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *