The Mirror
धनगढीका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन।
भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रबाट आफुले रबि बिरुद्ध उम्मेदवारी दिने उद्घोष गरे।
भण्डारीले लेखेका छन, ‘अन्ततः रवि लामिछाने विरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो, नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी त्यहि रहन्छ’।
उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने समेत बताएका छन।
विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाएका थिए।
उनको यो घोषणाले अहिले राजनीतिक र रबिका समर्थक बीच तरङ्ग ल्याएको छ।
भण्डारी र रबि बीच बिगतमा तिक्तता रहदै आएको थियो।
[ref-sajhadabali]
अन्तमा यो पनि…