संचारकर्मी रबि लामिछाने कोरोन मुक्त भएका छन। आज फेसबुकमा एक स्टाटस लेख्दै उनले उक्त कुरा सार्बजनिक गरेका हुन्।हेर्नुहोस उनले के लेखेका छन जस्ताको तेस्तै-
“१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो। केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो। विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ। सोचे झै कोरोना रैनछ”