Yogesh Bhattarai is outraged after naming the airport after Rabindra Adhikari

रविन्द्र अधिकारीको नाम बाट विमानस्थलको नामाकरण गरेपछी योगेश भट्टराई आक्रोशित

National News News

The Mirror Desk

नेपाल सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय ‘रविन्द्र अधिकारी विमानस्थल’ नामाकरण गरेकोमा एमाले नेता योगेश भट्टराईले आपत्ति जनाएका छन। तर ताप्लेजुङबाटै प्रतिनिधित्व गर्ने योगेश भट्टराईले सरकारको यस्तो घोषणाप्रति आक्रोश पूर्ण असहमति जनाएका छन।

बजेट घोषणाको दिन नेपाल सरकारले सुकेटारलाई स्वर्गीय अधिकारीको नामबाट र चुहान डाँडा विमानस्थललाई आङ्छिरिङको नामबाट राख्ने घोषणा गरेको थियो।

नागरिक तथा पर्यटन मन्त्री भएकै बेला ताप्लेजुङकाे पाथिभरा मन्दिर नजिकैकाे भीरमा हेलिकप्टर दुर्घटनामा परी रबिन्द्र अधिकारीको मृत्यु भएको थियो।

सोही हेलिकप्टर दुर्घटनामा यति एयरका अध्यक्ष आङछिरिङ शेर्पा , नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ लगायत धेरै जनाको ज्यान गएको थियो।

रबिन्द्रको मृत्यु पछि सोही मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएका थिए तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि भट्टराईले राजीनामा दिएर ‘प्रचण्ड-नेपाल’ समुहमा लागेका थिए।

[ref-nepal watch]

योगेश भट्टराईले फेसबुकमा लेखेका छन्...

‘ताप्लेजुङ सुकेटार बिमानस्थलका बारेमा ऐतिहासिक रुपमा कुनै नाम वा विषेताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ। यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ’।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *