'Democracy is not relevant and meaning is not complete without monarchy': - Former King Gyanendra

‘राजतन्त्र बिनाको प्रजातन्त्र सान्दर्भिक र अर्थ पूर्ण हुदैन’:- पूर्वराजा ज्ञानेन्द्र [विज्ञप्ति सहित]

Breaking News National News News

The Mirror Desk

मंगलबार दसैंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएका छन।

उनले लेखेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं’।

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको शाहको टिप्पणी छ।

उनले शिक्षा र स्वास्थ्यमा पनि व्यापक राजनीतिकरण भएको र व्यक्ति स्वार्थकेन्द्रीत भएको समेत उल्लेख गरेका छन।

राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोज्न नहुने बताएका छन्।

यस क्रममा पूर्वराजा शाहले कोरोना भाइरसको महामारीको असहजताका कारण महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम नहुने उनको सचिवालयले जनाएको छ।

पूर्व राजाको सुभकामना संदेश

[ref-natnl media]

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *