The Mirror Desk,
काठमाडौँ, राजनीतिक माहोल आफ्नो पक्षमा नभएपछि पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौँ बाहिर निस्किएका छन्। उनि कुनै औपचारिक कार्यक्रममा नभएर रिफ्रेस हुनका लागि सिन्धुली गएका हुन्।आफुलाई काठमाडौंमा केहि तनाब भएपछि उनि कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर जाने गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेको माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन। राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएका हुन्। प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन्।
उनको सचिवालयले जनाए अनुसार, माओवादी केन्द्रका नेता तथा सांसद हरिबोल गजुरेलले औपचारिक कार्यक्रम नभएको बताए। उनले भने, ‘भोलि कार्यकर्ता भेटघाट छ’। सिन्धुली पुगेर प्रचण्ड नेता गजुरेलको निवासमा बस्ने व्यवस्था मिलाइएको छ। त्यसपछि बिहान सिन्धुलीको रातमाटामा रहेको एक पार्टी प्यालेसमा बिहान ८ बजे कार्यकर्ता भेटघाट राखिएको सिन्धुली अध्यक्ष राजन दाहालले सोसल मिडियाबाट जानकारी गराए।
उनले लेखेका छन, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्रध्देय अध्यक्ष एवम् नेपाली क्रान्तिका नायक कामरेड प्रचण्डले संवोधन गर्ने संक्षिप्त भेटघाट कार्यक्रममा उपस्थितिका लागि संपूर्ण नेता कार्यकर्तामा निर्देशित गरिन्छ।
मिती २०७७/१२/५रगते
विहान ८ बजे
सिताराम पार्टी प्यालेस रातमाटा
सिन्धुली

[ref-onlinemarg]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons