madhav nepal

‘राजनीतिक नबुझेर एमालेमा अल्मलिएकाहरू ढिलो चाँडो मेरै पार्टीमा आउँनेछन’

National News News

The Mirror Desk

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै नेकपा एमाले बाट टुक्रिएको नब गठित पार्टी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले भ्रमका र राजनीतिक नबुझेका कारण एमालेमा रहेकाहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन।

नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू सबैजसो आफ्नो पार्टीमा रुपान्तरित भइरहेको उल्लेख गरे।

उनले भने, ‘क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आवद्ध भएका छन, कतिपय मानिसहरू अझै एमालेमा अल्मल्लिएका होलान्, असल भावना भएका मानिसहरू पनि भ्रमवश बसिरहेका होलान, उनीहरु ढिलो चाँडो मेरै पार्टीमा आउनैपर्छ’।

उनले आफ्नो पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेको हुनाले आफ्नो पार्टी आगामी चुनाबमा निकै शक्तिशाली भएर उदाउने पनि बताए।

नेपालले व्यवसायीहरूलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुरयाउन पनि आग्रह गरे, व्यवसायीहरूलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुरयाउन उनको आग्रह थियो।

[ref-imagekhabar]

अन्तमा बाबुराम भट्टराईको यो भिडियो पनि हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *