there is a strong possibility of return of the monarchy

राजनीतिमा ओली यतिसम्म चतुर रहेछन, हामी सबै चकित भयौ:-बाबुराम भट्टराई

National News News

The MIrror Desk

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्।

वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

भट्टराईले ट्वीटरमा लेखेका छन्

यसका साथै बाबुरामले वैकल्पिक सरकार दिन प्रतिपक्षी दल चुक्नु विडम्बना भएको बताए। ओली सिद्धान्तहीन र किनबेचमा पतन भएर नेपाली राजनीतिमा चतुर भएको दाबि गरे। भट्टराईले अदालत, संसद, मिडिया र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प अझै खोज्नुपर्नेमा जोड दिँदै आफुहरुले आत्मसमीक्षा गर्नु पर्नेमा जोड दिए।

यसै क्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली नेपाली राजनीतिमा पुनः चतुर सावित भएको बताएका छन्। ओलीले लामो समयदेखिको पार्टी विवादमा समाधान निकालेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

[ref-annapurna]

राजतन्त्रको बारेमा बाबुराम भट्टराईले के भने?

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *