Madhav Nepal

‘राजनीति छाडौं छाडौं भन्ने लागिरहेको छ’

National News News

The Mirror

राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति छाड्ने संकेत गरेका छन। उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे।

उनले भने, ‘राजनीति छाडौं छाडौं भन्ने लागिरहेको छ तर परिस्थितिले छाड्न दिएको छैन’।

अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ।

उनले भने, ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ’।

उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए।

उनले अब आफुले पाँच बर्ष पछि सक्रिय राजनीतिकबाट बिदा लिने पनि बताए।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *