Public opinion in favor of the monarchy is getting stronger

‘राजसंस्थाको पक्षमा जनमत बलियो बन्दै गईरहेको छ’:-गगन थापा

Breaking News National News News

The Mirror Desk

अहिले हामी गणतन्त्रमा छौ तर जताततै अस्तव्यस्त छ। नेताहरु कुर्सि र पदमा मात्र सिमित हुदा देश झनै पछाडी परेको छ भने जनता झनझन दुखि र निरिह बन्दै गैरहेका छन्, जुन एकदम दुखको कुरा हो।

राजतन्त्रले बिकास गर्न दिएन भनेर हामीले गणतन्त्र ल्याउन निकै ठुलो योगदान गरौ तर त्यो कुरा पुरै झुठो रहेछ। त्यसकारण हामी निकै दुखि र झन् झन् पछाडी परिरहेका छौ।

यहि अस्तव्यस्तताको क्रममा फेरि राजतन्त्रको पक्षमा जनताको अभिमत देखिन थालेको छ। देशका प्रमुख सहरहरुमा राजाको पक्षमा निकै ठुला ठुला प्रदर्शनहरु भएका छन्। नेपालको झण्डा सहित र्याली र ठुला जनप्रदर्शन पनि भएका छन्।

अब जनताले मात्र नभएर प्रमुख पार्टीका नेताहरुले पनि देशमा राजाको महत्त्व रहेको अभिव्यक्ति दिन थालेका छन्।

यसै क्रममा काठमाडोँमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। उनले राजसंस्था वा राजानै नै ठिक भन्ने भनाई पनि सुनिन थालेको पनि बताए।

उनले राजतन्त्रको पक्षमा जनताको मत निकै बलियो बन्दै गएको तर्फ पनि सबैको ध्यान जानुपर्ने बताए। राज्यव्यवस्था नभई राजानिटिक दल र तीनका नेताहरुले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने बताए। उनले भने, ‘यहि पुरानो कार्यशैलीलाइ प्रयोग गर्दै जाने हो भने राजतन्त्रको उदय नहोला भन्न सकिन्न’।

सोहि कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी पनि गरेका थिए।

अन्तमा यो भिडियो पनि हेर्नुहोस..

बाबुराम भट्टाराईले राजतन्त्रको बारेमा के भने?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *