rekha thapa

‘राप्रपाका उम्मेदवारले बाचाअनुसार काम नगरे म कारबाही गर्छु’:- रेखा थापा

National News News

The Mirror

नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नगरमा उम्मेदवार भई जितेकाहरुले बाचाअनुसार काम नगरे उनीहरुलाई आफैले समातेर जनकारबाही गर्ने बताएकि छन्।

आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार भइ बाचाअनुसार काम नगर्नेलाई जनता सामु जनकारबाही गर्ने प्रतिबद्दता जनाइन।

केन्द्रीय सदस्य थापाले गणतन्त्रमा गाली गर्ने संस्कारले मौलाईरहेको बताउँदै गाली गरेर पार्टी र देश नबन्ने बताइन। गाली गर्ने परिपाटी अन्त्य गरेर सबै मिलेर राष्ट्र निर्माण होमिनु पर्ने उनको भनाइ थियो।

जनसभामा उनले भनिन्, ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ, राप्रपा जनतालाई नेता र भगवान मान्छ, पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन, यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नुभएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु, तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु’।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *