The Mirror
राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) ले संघीयता खारेजीको प्रस्ताव पारित गरेको छ।
यही जेठ १८ र १९ गते धुलिखेलमा सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन तहको संघीयता आवश्यक नरहेको निश्कर्ष निकालेको हो।
बैठकपछि पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यो विषय केन्द्रीय समितिको बैठकमा लैजाने र आगामी निर्वाचनमा जोडदार रूपमा उठाउने उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउनेछ, यसलाई आगामी केन्द्रिय कार्य समितिको बैठकबाट अनुमोदन गरी औपचारिक रुपमा अघि बढाइनेछ’।
यस्तै, राप्रपाले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकको रुपमा राजसंस्थाको पुनर्वहाली गर्नसमेत प्रस्ताव गरेको छ।
राप्रपाले भ्रष्टाचार, महँगी, मलखाद लगायत जनजिविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने निर्णय गर्दै आन्दोलन परिचालनका लागि बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ।
अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्षद्वय पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरु सहभागी थिए।
[ref-yugdarshan]
अन्तमा यो पनि…