madan dash shrestha

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ

National News News

The Mirror,

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

बिहीबार बसेको महानगर समितिको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

पार्टीमा लामो समयदेखि सक्रिय रहेका कलाकार श्रेष्ठलाई आफूहरूले मेयरमा उठाएको प्रवक्ता श्रेष्ठले बताए।

यसअघि पार्टीको शीर्ष तहमा मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो।

यस्तै राप्रपाले ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल, वुटवलमा मृगेन्द्र शेरचन, दमकमा राम थापा, सिद्धार्थनगरमा सागर प्रताप राणालाई मेयरमा सिफारिस गरेको छ।

प्रवक्त श्रेष्ठका अनुसार २०७४ को स्थानीय निर्वाचनमा एमाले, राप्रपा, कांग्रेस र माओवादी केन्द्र दमक नगरपालिकामा एक्ला एक्लै भिडे पनि यसपटक गठबन्धनसँग तालमेल गरेर जाने भएको हो।

दमकमा राप्रपाले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको थियो।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *