Rajendra Lingden

राप्रपाले अहिले सम्म कहाँ-कहाँ जित्यो?

National News News

The Mirror

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहअन्तर्गतका वडाहरूमा हालसम्म १८ वडामा विजयी भएको छ।

अहिलेसम्मको मतपरिणामअनुसार राप्रपाले देशभरका विभिन्न पालिकाका १९ वटा वडामा विजयी भएको हो।

त्यस्तै राप्रपाले केही पालिकामा अग्रता बनाएको छ भने केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ।

यी हुन् राप्रपा विजयी भएका विभिन्न पालिकाका वडाहरू…

१. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित।

२. नवलपरासीको रामग्राम-३ को वडा ध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित।

३. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित।

४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ५ मा अध्यक्ष केशव खत्री र प्यानल निर्वाचित।

५. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित निर्वाचित।

६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित।

७. रुपन्देहीको रोहिणी गाउँपालिका १ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित।

८. चितवनको माडी नगरपालिका १ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित।

९. सिद्धार्थनगर नगरपालिका २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तवलगायत प्यानल निर्वाचित।

१०. नवलपरासी, रामग्राम १ को अध्यक्षमा राप्रपाका रुद्रप्रसाद सिंहलगायत प्यानल निर्वाचित।

११. डोटीको के.आई. सिंह गाउँपालिका ७ को अध्यक्षमा दिलबहादुर बलायरको प्यानल नै निर्वाचित।

१२. बैतडीको सुर्नया गाउँपालिका २ मा गणेशबहादुर विष्टको प्यानल नै निर्वाचित।

१३. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी।

१४. धादिङको खनियाबास गाउँपालिका १ वडाध्यक्षमा राप्रपाका सोनाम तामाङ विजयी।

१५. रुपहेन्दीको ओमसतिया बेलबहादुर बरालसहित प्यानल विजयी।

१६. कञ्चनपुरको दोधारा चाँदनी १ को वडाध्यक्ष विक्रम चन्दसहित प्यानल विजयी।

१७. धादिङको खनियाबास २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी।

१८. रुपन्देहीको सियारी गाउँपालिका १ मा अध्यक्ष अरुण शाहीको प्यानल विजयी

१९. राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा (झापाको हल्दिबारी १) मा राप्रपाको वडाध्यक्ष देवी थापासहित प्यानल निर्वाचित। गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम।[यो समाचार कान्तिपुरमा छापिएको छ]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *