prachanda

‘राप्रपा भन्दा पनि धरै पछि पर्यो माओवादी’

National News News

The Mirror

काठमाडौं महानगरपालिकाको अन्तिम नतिजा अनुसार प्रमुख राजनीतिक दलका ७० हजार मतदाताले मेयरमा स्वतन्त्र उम्मेदवारलाई रोजेको देखिएको छ।

प्रमुख पाँच दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको कुल मतमध्येबाट ६९ हजार ७८९ मत स्वतन्त्र उम्मेदवारतर्फ गएको देखिएको हो।

३२ वटै वडामा वडाध्यक्ष उठाएको नेकपा एमाले वडाध्यक्षका उम्मेदवारले पाएको मतको योगफलमा महानगरेको पहिलो दल बनेको छ। जसका लागि उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार ७७१ मत पाएका छन। जसमा १२ वडाध्यक्ष जितेका छन।

तर एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले सो मतभन्दा २४ हजार ९ मत कम पाएका छन। जुन मतमध्ये बढी जसो मत स्वतन्त्रतर्फ गएको देखिन्छ । स्थापितले ३८ हजार ११७ मत पाएर तेस्रो स्थानमा चित्त बुझाएका छन।

यस्तै ३२ मध्ये ३१ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष उठाएको थियो। जसमा उसका ३१ वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार १२६ मत पाएका छन।

कांग्रेसलाई सत्तारूढ गठबन्धनका अन्य प्रमुख दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि समर्थन थियो।

जसमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले कुल २ हजार २८१ मत प्राप्त गरेका छन् भने, नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले १४ हजार २५९ मत पाएका छन जबकि राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले कुल ११ हजार २२५ मत ल्याएका छन।

यसरी गठबन्धनका तीन वटै दलका वडाध्यक्षहरूले पाएको मतको योगफल ७८ हजार ६६६ मत हुन आउँछ तर गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले भने त्यसमध्येबाट ५० प्रतिशत मत पनि पाउन सकिनन। उनले ३८ हजार ३४१ मत मात्रै पाएकी छन् जुन गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको कुल मतमध्ये ४० हजार ३२५ मत कम हो।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको कुल मतको झण्डै आधा मत राप्रपाका मेयरका उम्मेदवारभन्दा बाहिर गएको छ। राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले कुल ११ हजार २२५ मत ल्याउँदा मेयरका उम्मेदवार मदनदास श्रेष्ठले भने जम्मा ५ हजार ७७० मत मात्रै ल्याएका छन।

[ref-sajhadabali]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *