The Mirror
कांग्रेस नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तला माथिबाट खसेर गम्भीर घाइते भएकी छन। उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उनि काठमाडौंको बनस्थली स्थित घरको चौथो तलाबाट लडेर पोखरेल गम्भीर घाइते भएकी हुन।
अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार अहिले सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ। अहिले उनको पोखरेलको होस आइसकेको छ।
डा. जोशीले भने, ‘सुरुमा उनलाई सोमबार बिहान मनमोहन अस्पताल लगिएको थियो, उहाँ आउँदा पुरै बेहोस अवस्थामा हुनुहुन्थ्यो, पहिला हामीले जीवन रक्षा गर्ने बाटोमा राख्यौं, हातको नसाबाट औषधि दिन मिल्ने अवस्था थिएन, घाँटीबाट नशा खोलेर औषधि दिनुपरेको थियो’।
डा. जोशीका अनुसार उनको शरीरको धेरै ठाउँमा चोटपटक लागेको छ। मुखको दाँतका हर्डीहरु सबै भाँचिएका छन, कम्मरका हड्डीहरु साथै हातखुट्टाका हड्डीहरु भाँचिएका छन।
[ref-onlinekhabar]
अन्तमा यो पनि…