Badal's wife Nanakala Thapa became the Minister

रामबहादुर थापा बादलकी श्रीमती बनिन प्रभाबशाली मन्त्री

Breaking News National News News

The Mirror Desk

प्रधानमन्त्री के पी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। कोरोना भाइरसको महामारी बीच उनले केहि नयाँ अनुहार ल्याएका छन्।

यसक्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा सूचना प्रविधि तथा सञ्चारमन्त्री बनेकी छन। पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन्।

तत्कालिन समयमा शिक्षिका रहेकी नैनकलाले २०४० सालमा बादलसंग बिहे गरेकी थिइन। बिवाह हुँदा बादल २९ वर्षका थिए भने नैनकला २१ वर्षकी थिइन् । शान्ति प्रक्रियामा आएपछि बादलपत्नी नैनकला केही समय महिला आयोगको अध्यक्ष बनिन्। उनीहरुको १ छोरा र १ छोरी छन।

अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्ध भएको कारण बादलले योग्य नेताहरुलाई पन्छाएर आफ्नो खेमाबाट श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन।

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *