no mcc

राष्ट्रघाती एमसीसी बिरुद्ध उत्रन जनमुक्ती सेनाको अपिल

Breaking News National News News

R.Thapa KTM

बहिर्गमित जनमुक्‍ति सेना नेपालले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न अपिल गरेको छ । सोमबार विज्ञप्‍ति जारी गर्दै  बहिर्गमित जनमुक्‍ति सेना केन्द्रीय संघर्ष  समितिले एमसीसी राष्‍ट्रघाती रहेको दाबी गर्दै खारेज गर्न माग गरेको हो ।

एमसीसी  षड्यन्त्र पूर्ण ढंगले पास गराउने खेलमा लागे पास गराउन भूमिका खेल्ने सांसदहरूको पहिचान गरी क्षेत्र- क्षेत्रबाट लखेट्ने चेतावनी समेत समितिले दिएको छ । समितिले गृहमन्त्रालयद्वारा जारी धम्कीपूर्ण विज्ञप्तिप्रति पनि आपत्‍ति जनाएको छ ।

सबै नागरिकहरु राष्ट्रको पक्षमा उभिएर निरन्तर रुपमा न्यायको पक्षमा र राष्ट्रघाती एमसीसी खारेजिको अभियानमा सहभागी हुँदै दलालहरुको धम्की बाट नडराई दलालहरुलाई प्रतिबाद गर्दै अगाडि बढ्न बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रिय संघर्ष समिती सम्पुर्ण राष्ट्रप्रेमी, देशभक्ति जनसमुदायहरु लाई हार्दिक अपिल गर्दछ।

यसरी लोकतन्त्र को हत्या गर्दै आम नागरिक हरुलाई बोल्नु बाट बंचित गराउदै निरंकुश शैलिबाट प्रतिगमन को बाटोमा अग्रसर बन्दै आफ्नो राष्ट्र र राष्ट्रीयता माथी कुनै ख्याल नगरी जनताको आवाज लाई बेवास्था गर्दै बिदेशिको गोटि बनी सहयोगका नाममा स्वार्थको लागि जस्तोसुकै राष्टघाति सम्झौता गर्न लम्पसार भई तयार भएर बसेका छन् खबरदार दलालहरु होसियार २१ औं शताब्दीमा जनतालाई झुक्याउने प्रयास नगर्नुहोस तपाईहरुकै पटक-पटक बदमासिको कारण सबै जनता चलाख बनिसकेका छन् ।

तपाईं हरुले जे -जे बदमास गरेपनी आम नागरिकले सहनु पर्ने हो त ? अब कहिले सम्म सहने सरकार ? अब त अति भएन र ? राष्ट्रघाती एमसीसी षड्यन्त्र पुर्ण ढंगले पास गराउने खेलमा लाग्नु भयो भने जनमुक्ती सेना चुप लागेर बस्ने छैन एमसिसी पास गराउन भुमिका खेल्ने सांसदहरुको पहिचान गरि क्षेत्र- क्षेत्र बाट भ्याकुर लखटे झै लखट्ने छौ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास)
प्रबक्ता तथा उपाध्यक्ष

प्रेस विज्ञप्ति

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

2 thoughts on “राष्ट्रघाती एमसीसी बिरुद्ध उत्रन जनमुक्ती सेनाको अपिल

  1. सर हजुर लाई धेरै धेरै धन्यवाद न्युज कभर को लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *