Let's dismiss the President with impeachment

‘राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौँ’:- गगन थापा

National News News

The Mirror Desk

नेपाली कांग्रेसका युवा नेता गगन थापाले ट्वीटर मार्फत प्रधानमन्त्री र राष्ट्रपतिले गलत बाटो अपनाएको भन्दै आपत्ति जनाएका हुन्। थापाले राष्ट्रपतिलाई महाअभियोग लगाउ बिदा गर्नुपर्ने बताएका छन।

बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भए लगत्तै थापाले यस्तो बताएका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीले गलत काम गरेकाले राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नु पर्ने थापाको भनाइ छ।

थापाले ट्वीटरमा लेखेका छन…

‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो,‘जानेर गरेको हो? गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई र महाअभियोग लगाएर रास्ट्रपतिलाइ बिदा गरौं’।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *