काठमाडौँ, राष्ट्रिय जनमोर्चाको सोमबार बसेको पार्टी कमिटीको बैठकले वर्तमान के पी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य जारी गर्दै सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिएको जनाएका छन्। सो पार्टीका नेता आन्नद शर्माले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्य असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी भएकाले पार्टीले त्यसको तीव्र विरोध र भत्सर्ना गरेको बताए। उनले भने “ओली नेतृत्वको सरकारलाई विगतमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले मात्र समर्थन गरेका थियौँ तर अब परिस्थिति त्यो रहेन”। संसदीय व्यवस्था पूर्णतया प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा कुनै पनि हालतमा काम हुन नसक्ने समेत उनले दावी गरे।
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…
https://youtube.com/c/TheMirror2020
ref-setopati