Samsad house

रास्ट्रघाती नागरिकता विधेयक फेरि पनि जस्ताको त्यस्तै पारित

National News News

The Mirror

रास्ट्रघाती नागरिकता विधेयक फेरि पनि जस्ताको त्यस्तै पारित, क-कसले गरे पक्ष र बिपक्षमा मतदान?

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश सहित फिर्ता भएको रास्ट्रघाती नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाले फेरि पनि जस्ताको तस्तै पारित गरेको छ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए।

मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए ।

बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो।

छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेकाले यो विधेयक तत्काल पारित गर्नुपर्ने मत राखेका थिए।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले भने राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएकाले यो विधेयक संसदीय समितिमा लगी वृहत छलफल गर्नुपर्ने माग गरेको थियो।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कुनै पनि बहानामा रोक्दा जन्मसिद्ध नागरिकका सन्तान ७ लाख जनाले नेपाली नागरिकता पाउन नसकेकले अब ढिलो गर्न नसकिने बताएका थिए।

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *