रास्ट्रपतिले भेट्न बोलाइन प्रचण्डले भने “सरी आइ एम बिजी”

National News

काठमाडौँ, सत्तारुद दल आफ्नो भित्री कलहका कारण अस्तव्यस्त भएको छ। अनुशासन, बिधि बिधान र नीति नियम भन्ने केहि पनि छैन। पार्टी केवल एउटा समूहमा परिणत भएको छ। जसले जे मन लाग्छ तेही बोल्छन। एकले अर्कोलाई आरोप प्रत्यारोप निकै तल्लो स्तरमा झरेर गरिरहेका छ। गुट र उपगुटमा पार्टी विभाजन भएको छ तर अहिले सम्म फुटेको भने छैन। विभाजनको संघारमा रहेको नेकपामा अहिले तलदेखि माथिसम्म एकता जोगाउने प्रयासहरु भैरहेका छ र दुई अध्यक्षबीच संवाद गराउने विभिन्न कोशिशहरु भैरहेका छन्।

यसै क्रममा रास्ट्रपति बिध्यादेबी भण्डारीले बेला बेलामा आफ्नो सिमा र मर्यादा नागेर पार्टीको आन्तरिक बिबादमा खेली रहन्छिन। विभिन्न समयमा विभिन्न नेताहरुलाई भेटेर आदेश पनि दिन पछि पर्दिनन। के पी ओली, माधव नेपाल र बामदेब गौतम लाइ भेट्ने कुरा त सामान्य भैसक्यो। सबै भन्दा बढी भेट्ने नेता के पी ओली नै हुन। पछिल्लो क्रममा उनले पार्टीका अर्का अद्क्ष्य प्रचण्डलाई भेट्न बोलाइन तर उनले आफु ब्यस्त भएको र आउन नसक्ने भन्दै जबाफ फर्काए। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संगै राखेर नयाँ सहमतिका लागि प्रस्ताव गर्न राष्ट्रपतिले योजना बनाएको बताइएको छ। तरपनि तेही कामको लागि पार्टी सचिवालय सदस्य ईश्वर कहिले खुमलटार त कहिले शितलनिवास धाइरहेको बताइन्छ। प्रचण्डले राष्ट्रपति कार्यालयबाट आफूलाई बोलाइएको कुरा नेता माधव नेपालसंग भनेका थिए। माधव नेपालसंगको सल्लाहमा उनि शितलनिवास नगएको कुरा पनि विश्लेषण गरिएको छ।

तर प्रचण्डले सधै भरी सबै समस्याको जड प्रधानमन्त्री के पी ओली नै रहेको र उनले सहमति तथा बैठकका निर्णय समेत कार्यान्वयन नगर्दा पार्टी गम्भीर विवादमा फसेको आरोप लगातार लगाउदै आएका छन्। तर समस्या समाधानको लागि बैठकबाट भागेर हुदैन तेही आएर समस्या के हो भनेर यसको मुकाबिला गर्न सक्नु पर्छ।[ref-himalpost]

Leave a Reply

Your email address will not be published. Required fields are marked *