nepal buying vaccine from russia

रुसले नेपाललाई ८० लाख डोज खोप दिने

National News News

The Mirror Desk

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच भएको छलफल अनुसार रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ।

रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि बढाएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भने, ‘रुससँग सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा समेत दिन आग्रह गरिए अनुसार रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको छ , दुई–चार दिनमा यो विषयमा टुंगो लाग्छ’।

औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिएको थियो।

[ref-ekantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *