रेखा शाहको ‘एक दिन तिमी फर्की आउनेछौ’

Entertainment

सिमसिमे पानीमाबाट आफ्नो गायिकीको मानक परिचय बनाएकी गायिका रेखा शाहले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् | सुगम पोख्रेलको संगीत र भूपेन्द्र खड्काको रचना रहेको सो गीतमा सुजिल कर्माचार्यको संगीत-संयोजन रहेको छ | नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गायिका शाहले नै अभिनय गरेकी छिन् | आफ्नो गायिकी र अभिनयबारे शाह भन्छिन्, “गायिकी मेरो परिचय र जीवनशैली हो भने अभिनय त्यसलाई संस्थागत गर्ने माध्यम |” गायिका शाहको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा रुपेश थापाको छायांकन र सविश जोशीको सम्पादन रहेको छ | भिडियोको सुटिङ काठमाडौंका विभिन्न स्थानमा गरिएको हो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *