The Mirror
निकै चासो र उत्साहाका साथ हेरिएको चितनवको भरतपुर महानगरपालिको उम्मेदवारी दिएकि प्रचण्ड पुत्रु रेणु दाहालको निर्वाचन प्रचार प्रसार सुरु भएको छ।
निर्वाचन प्रचार प्रसार चलिरहँदा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चितवन पुगेर दाहालको लागि भोट मागेका छन्।
नेपाल संगै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि त्यहाँ पुगेका छन्। उनीहरू गठबन्धनका उम्मेदवारको पक्षमा माहोल बनाउन त्यहाँ पुगेको बताइन्छ।
भरतपुरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बिद्रोही उम्मेदवारी दर्ता गरेर प्रचार थालिसकेका छन्। उनले केन्द्रले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन अस्वीकार गरेका थिए।
भरतपुरमा एमालेबाट विजय सुवेदीलाई उम्मेदवार बनेका छन्। सत्ता-गठवन्धनको भागबन्डामा माओवादी केन्द्रलाई परेका कारण कांग्रेसका स्थानीय नेताहरूले असन्तुष्टि जनाउँदै उक्त क्षेत्रमा विद्रोह गरेका थिए।
सत्ता-गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छन्। कांग्रेस नेता पौडेलको उम्मेदवारीले दाहाललाई समस्या पार्ने देखिपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै फिर्ता गराउने प्रयास गरेका थिए।
प्रधान मन्त्रिले गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त निर्वाचन क्षेत्रमा पठाएका थिए तर पौडेलले उनीहरूको प्रस्ताव अस्वीकार गरेका थिए। वैशाख ३० गते हुने निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहाल दोस्रोपटक मेयरका लागि मैदानमा छिन।
माधब नेपालको पार्टी एकीकृत समाजवादीले निकै धेरै ठाउमा आफ्नो उम्मेदबार दाबी गरेपछि अरु दलहरुबाट एकीकृत समाजवादी लाई बाइपास गरिएको थियो।
[ref-dhankutakhabar]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team