train

रेलवे र मेट्रो रेलका लागि छ अर्ब बजेट

Business National News News

The Mirror

नेपाल सरकारले रेलवे र मेट्रो रेलका लागि छ अर्ब बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले छ अर्ब बजेट घोषणा गरेका हुन।

उनले पूर्व-पश्चिम रेल सेवा सञ्चालनका लागि बर्दिवास-रौतहट खण्डको काम तीव्र पारिने र विजयपुरा- विराटनगर खण्डका लागि जग्गा लिने प्रक्रिया सूरु गरिने जानकारी दिए।

उनले काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने बताए। त्यस्तै वीरगञ्ज, भेरहवा, पोखरालगायत मुख्य सहरमा ट्राम सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।

त्यस्तै जयनगर-कुर्था रेलको नियमित सञ्चालन र थप विस्तार गर्न बजेट विनियोजन गरेको जानकारी दिए।

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *