biplab rolpa

रोल्पामा माओवादी विरुद्ध विप्लव, एमाले र कांग्रेसको तालमेल

National News News

The MIrror

स्थानिय तहको चुनाव लागिरहेका बेला रोल्पाको थबाङ गाउँपालिकामा त्रिपक्षीय गठबन्धन बनेको छ।

यसअघिको स्थानीय निर्वाचनमा माओवादीले चुनाव जितेको थबाङ गाउँपालिकामा यो पटक भने माओवादीका बिरुद्ध विप्लव, नेपाली कांग्रेस र एमालेबीच तालमेल भएको हो।

यस अघि निकै मारामारकाबीच माओवादीले जितेको थबाङमा यसपाली पनि निकै ठुलो प्रतिष्पर्धा हुने देखिन्छ। बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि त्यहाँ नेपाली कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएकोले चुनाव झनै रोचक हुने देखिएको हो ।

कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले आफूले थबाङमा स्वतन्त्र उमेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निणर्य गरेको जानकारी दिए।

कांग्रेसबाट थबाङमा रमेश रोकाले उमेदवारी दिएका थिए। एमालेबाट उमेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन्। विप्लव नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो। नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उमेदवारी परेको थियो।

अन्तमा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो। नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले दर्जित घर्तीलाई आफ्नो पार्टीको समर्थन रहेको र उनकै नाममा सबैको सहमति बनेको बताए।

वि.सं २०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यसपटक माओवादी केन्द्रका विरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन्। रोल्पामा १० स्थानीय तहबाट उमेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन।

संसदीय व्यवस्थालाई नमान्ने र चुनावमा नजाने घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग नलिए पनि विप्लव-प्रकाण्ड समूहका केही व्यक्तिहरुलाई भने उम्मेदवार उठाइएको छ।

[ref-sancharkendra]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *