The Mirror Desk,
लण्डन, लकडाउनको समयमा अनाबास्यक यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र र ब्यापक आलोचना गरिएको छ। जोन्सन लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेका थिए। उनीविरुद्ध कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो। बेलायतमा अहिले देशभरी नै लकडाउन लागु गरिएको छ।

विश्वमै सवैभन्दा पहिला कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ। उनका आलोचकहरुले प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेर लकडाउनमा यात्रा गरि नियम तोडेको आरोप लगाएका छन्। स्कटल्याण्डका मुख्यमन्त्री निकोलस सर्जनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताइन।
[ref-bbc]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020