लन्डनमा कामबाट फर्किंदै गरेका एक नेपाली युवाको हत्या

National News News

The Mirror Desk,

लण्डन, गत आइतबार राती करिब १०.३० बजे लन्डन ‘इस्टकोट ट्रेन’ स्टेसन अगाडी सामान्य झगडा हुँदा काम सकेर फर्किंदै गर्दा एक नेपाली युवाको हत्या भएको छ। उनि अन्दाजी ३५ बर्सका विक्रम केसी भएको नेपलीज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए। सामान्य भनाभनमा हुदा एक २१ वर्षीय युवाले कुटपिट गरेका थिए। ‘सोसल ढाबा’ नाम गरेको एक रेस्टुरेन्टमा काम सकेर फर्किरहेका ति युवा र एक अपरिचित युवाबीच सामान्य झडप भएको जनाइएको छ। प्रहरीले ती युवकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ।

उनले श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका थिए। तर करिब आधा घण्टासम्म पनि घरमा नआएपछि श्रीमती स्टेसनतिर खोज्न गएकी थिईन। प्रहरीसँग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे।

केसी भारत देखि कुवेत हुँदै सन् २००७ तिर लन्डन आएका थिए। काठमाडौं स्थायी घर भएका केसी श्रीमती र भाइबुहारीका साथ लन्डनमा बसिरहेका थिए। सब घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। सबै कुरा अनुसन्धानपछि थाहा हुनेछ।

[ref-kantipur]

अन्तमा यो समाचारको भिडियो पनि हेर्नुहोस है। भारतीय बिस्तारबाद बिरुद्ध एकजुट होउ

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *