The Mirror Desk,
काठमाडौँ, बहुचर्चित बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाइ व्यक्तिको नाममा नामसारी गरेको घटनाका अभियुक्त डा.शोभाकान्त ढकाललाई विशेष अदालतले जेल चलनको आदेश दिएको छ। उनलाई न्यायाधीशहहरू अब्दुल अजिज, बालेन्द्ररूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले थुन्न आदेश दिएको हो।
२०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय ३६ रोपनी व्यक्तिको नाम गराउन बिचौलियाको भूमिकामा रहेका ढकालविरुद्ध अख्तियारले ३९ करोड २८ लाख बिगो मागदाबी गरेको थियो। ढकालले ललिताको निवासको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाम कायम गराउन मूख्य भूमिका निर्वाह गरेका थिए। ललिता निवास प्रकरणमै अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई थुनामा राख्न अदालतले यसअघि नै आदेश दिएको छ।


मुख्य दोषी ढकालका पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा,विश्वनाथ दाहाल, केदारप्रसाद दाहाल र समिर शर्मा लगायतले बहस गरेका थिए।अख्तियारले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीगरी तीन मन्त्री, ६ विशिष्ट श्रेणीका कर्मचारीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतमा यो मुद्दा चलिरहेको छ। हेर्दै जाऊ अरु पनि कि को जादैछन जेल? [यो समाचार अन्नपुर्ण पोस्टले छापेको छ]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon
Who is next…???
Thank you so much sir for your valuable comment and support. Please stay with us for the update around the globe.