rajendra and kamal

लिङ्देनको कमल थापालाई जवाफ, ‘एकता असम्भव, कल्पनै नगर्नुस, आफ्नो बाटो लाग्नुहोस’

National News News

The Mirror

पार्टीको महाधिवेशनमा पराजय भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले राजतन्त्रको एजेण्डा परित्याग गर्दै राप्रपा (नेपाल) को पुनर्गठन गरे। भर्खरै सम्पन्न स्थानिय चुनाबमा उनको पार्टीले सामान्य उपस्थिति पनि देखाउन सकेनन परिणाम प्राय शुन्य रह्यो।

चुनाबमा भएको नराम्रो पराजयसँगै कमले थापाले राप्रपासँग एकता गर्ने चर्चा गर्न थालेका छन।

राप्रपा नेपालले भने स्थानीय चुनावमा नमिठो हार व्यवहोरेको छ। भर्खरै गठन भएको पार्टीले चुनावी तयारी गर्न नभ्याएकाले यो परिणाम स्वाभाविक भएको उनले बताउँदै आएका छन। आगामी चुनावमा नतिजा सुधारेर राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने उनको दाबी छ।

उनि अहिले भन्दै हिड्न थालेका छन् कि यदि राप्रपाले पनि राजतन्त्रको एजेण्डा त्यागेमा एकता हुन सक्छ।

बुटबलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा राजतन्त्र पुन:स्थापना हुने सम्भावना समाप्त भएकाले आफूले यो एजेण्डा छाडेको भन्दै राप्रपालाई पनि छाड्न सुझाव दिएका थिए।

थापाले त्यहाँ निकै ठुलो स्वरमा भन्दै थिए, ‘राजेन्द्र लिङ्देनजीले राजतन्त्रको एजेण्डा छाड्नुहुन्छ भने एकता गर्नका लागि हामी जहिले पनि तयार छौं’।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने कुनै पनि अवस्थामा कमल थापाको पार्टीसँग आफूहरूको एकता सम्भव नरहेको बताउँछन।

लिङ्देन भने, ‘तपाईको पार्टीसंग राप्रपाको एकता असम्भव छ, यसको कल्पनै नगर्नुस र तपाई आफ्नो बाटो लाग्नुहोस’

लिङ्देनले थपे, ‘उहाँले बोल्नुभएको कुरामा म धेरै टिप्पणी गर्न चाहन्नँ तर राप्रपा र राप्रपा नेपालको मुख्य सिद्धान्त नै फरक भएको हुनाले एकताको कुरै भएको छैन र भविष्यमा पनि कुनै गुञ्जायस छैन’।

यसपालीको स्थानीय चुनावमा लिङ्देनको राप्रपाले सन्तोषजनक नतिजा ल्याएको छ। अघिल्लो चुनावको भन्दा धेरै संख्यामा जित हासिल गरेपछि नेताहरू उत्साहित छन। आगामी संसदीय चुनावमा बलियो उपस्थितिका साथ देशको चौथो शक्तिका रूपमा स्थापित हुने यस पार्टीले लक्ष्य लिएको छ।

[ref-nepalpress]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *