The Mirror Desk,
काठमाडौँ, कुनै बेला नेकपा (मसाल) को नेता बनेर बाग्लुङ्गमा आफ्नो पकड जमाउन सफल नेता हुन् लिला बहादुर थापा। त्यसपछि उनि पार्टी परिबर्तन गरी अनेकौ तरिकाले फरक-फरक राजनीतिक लाइनमा रहेर काम गरे। तत्कालिन माओबादीको नेता बनेर पनि राजनीतिक गरे, अनि माओबादी एमालेमा मिसिएपछि उनी नेकपाको केन्द्रिय सदस्य बने।
फेरि नेकपा बिभाजनसंगै पहिलो केहि दिनमा उनि ‘प्रचण्ड-नेपाल’ समुहमा लागेका थिए। तर शनिवार पूर्व लडाकुहरुको टिम सहित उनि प्रधानमन्त्री ओली समुहमा लागेका छन्। थापाले पार्टी विभाजनपछि ‘प्रचण्ड-नेपाल’ समुहको बैठकमा सहभागी भएर केही कार्यक्रममा भाषण समेत गरेका थिए।

उनी शनिबारको कार्यक्रममा खुलेर प्रधानमन्त्री ओलीको पक्षमा बोले। उनले प्रधानमन्त्रीले राष्ट्रियताको पक्षमा लिएको अडानको निकै तारिफ र प्रशंसा समेत गरे। उनले मिचिएको भूमि फिर्ता ल्याउने प्रक्रिया थालेको र विगतमा राष्ट्रियताको पक्षमा ओलीले लिएको अडानबाट आफू प्रभावित भई प्रचण्डलाइ छाडेर ओलीलाई साथ दिएको बताए।
थापाले नेकपा (मसाल) को तर्फबाट बागलुङ जिल्ला विकास समितिको सभापति रहेर समेत काम गरेका थिए।
[ref-nepalpress]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020