sankar pokhrel

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिए

National News News

The Mirror Desk

नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न भन्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेका हुन्।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।

यसअघि अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका ४ जना सांसदलाई मन्त्री बनाएका थिए।

२०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्रीका विश्वासपात्र हुन्।

उनको राजीनामा पछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *