shankar pokharel sapath

लुम्बिनी प्रदेश प्रमुखलाई महाभियोग लगाउने तयारी

National News News

The Mirror Desk

अल्पमतमा पर्दापर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए। त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतारचढाव आए र विवादै विवादमा पोखरेल पुनः मुख्यमन्त्री बनेका छन।

लगत्तै ४२ सांसदले हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश भयो । प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई संविाधन विपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकाले शपथ रोक्न माग गर्दै विपक्षी सांसदहरुले धर्ना दिएका थिए।

प्रदेश प्रमुखलाई महाभियोग लगाउने हैसियत त्यही बहुमत संख्याले राख्छ। ४२ सांसदले हस्ताक्षर गरेपछि महाभियोग लगाउन सकिने बताइएको छ।

संविधान र कानुन नहेरी प्रदेश प्रमुखले लाजघिन सबै पचाएपछि उनलाई महाअभियोग लगाउन प्रस्ताव राखेर जानको लागी बहुमतले अहिले छलफल गरिरहेका छन।

लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर एमालेको बहुमत नभएकाले पोखरेललाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरे।

तर बहुमत सदस्यको हस्ताक्षर पेश भएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे।

[ref-okhabar]

Watch This Video…Too

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *