Terrible attack on popular engineer Gyanendra Shahi in Surkhet and brutal beating

लोकप्रिय अभियन्ता ज्ञानेन्द्र शाही माथी सुर्खेतमा भयानक आक्रमण र निर्घात कुटपिट [तस्बिर सहित]

National News News

The Mirror Desk

सामाजिक तथा भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाही माथि फेरि पनि निर्घात कुटपिट भएको छ। स्वास्थ्य सामग्री लिएर सुर्खेत पुगेको उनको टीममाथि एक अराजक समुहले रातको १० बजेको समय पारि निर्घात कुटपिट र आक्रमण गरेको हो।

आक्रमणमा ज्ञानेन्द्र शाही, गाडीका ड्राइभर लगायत अन्य व्यक्तिहरु गम्भीर घाइते भएका छन। कुटपिट लगत्तै प्रहरी आइपुगे पनि कुनै कारबाही नगरी प्रहरी मुखदर्शक बनेको थियो।

ज्ञानेन्द्र शाहीले भनेका छन्, ‘प्रहरीले हामीलाई नियन्त्रणमा लिएर केरकार गर्यो तर आक्रमणकारीलाइ केहि पनि गरेन, प्रहरीकै सहयोगमा आक्रमणकारी त्यहाबाट भागेका थिए’।

केपि शर्मा ओली पक्षका कार्यकर्ताले कुटपिट गरेको शाहीले दाबी गरेका छन। आक्रमण लगत्तै अर्का सामाजिक अभियन्ता हेमराज थापाको टोली शाहीलाई भेट्न पुगेको छ।

एउटा भिडियोमा देखिए अनुसार ज्ञानेन्द्र शाही चडेको गाडिका ड्राइभर को टाउको तथा शरीरमा गम्भीर चोटपटक लागेको प्रस्ट देखिन्छ र ज्ञानेन्द्र शाही त्यो भिडियोमा धरधरी रोएको दृश्य पनि स्पस्ट देख्न सकिन्छ।

घाइते शाहीले एसपी लाई कल गर्दै प्रहरीले आफूहरुलाई असहयोग गरेकोमा तिब्र आक्रोश पोखेका छन्। घाइतेहरुको उपचार अहिले कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ।

आक्रमणका केहि तस्बिरहरु हेर्नुहोस

pic- social media

[ref-eap nepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *