Jwala Sangroula

लोकप्रिय सामाजिक अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश

National News News

The Mirror Desk

लामो समयसम्म समाजमा जनताको लागि असल काम गरेर चर्चा कमाएकी लोकप्रिय अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश गरेकी छन्। सोसल मिडिया मार्फत उनले उक्त कुराको जानकारी पनि दिएकि छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संग्रौलासहित विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई पार्टी प्रवेश गराएका हुन्। ज्वाला युवाहरुमाझ निकै चर्चित छिन। कोरोना महामारीका बेला राहत वितरण सक्रिय भूमिका खेलेकी उनी विभिन्न सामाजिक कार्यमा आवद्ध हुँदै आएकी छन्।

त्यस्तै गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ललितपुर महानगरमा उपमेयरको उम्मेदवार रहेकी हसिना शाक्य, ६ जना चार्टर्ड एकाउन्टेन्ट, ४ जना इन्जिनियरसहित राप्रपा प्रवेश गरेको अध्यक्ष लिङ्देनले जनाएका छन्।

उनले राप्रपा प्रवेश गरेका कसैले पनि जीवनमा पछुताउनु नपर्ने बताएका छन्। ‘राप्रपामा सबैलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछु । तपाईंहरु सबैले जीवनको सर्वोत्तम निर्णय गर्नुभएको छ। राप्रपामा प्रवेश गर्नुभएकोमा कहिल्यै पछुताउन पर्नेछैन,’ उनले भने।

मंसिरमा सम्पन्न महाधिवेशनबाट लिङ्देन अध्यक्ष निर्वाचित भएपछि राप्रपाप्रति आकर्षण बढेको पाइन्छ।

उनले आफु किन उक्त पार्टीमा प्रवेश गरेको भनेर लामो ब्याख्या पनि गरेकी छन्। राप्रपा प्रवेश गर्नुको कारण उनले स्पस्ट पारेकी छन्। हेर्नुहोस उनले लेखेको स्टाटस जस्ताको त्यस्तै किन उनि त्यो पार्टीमा प्रवेश गरिन भनेर।

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *